hi tamrai yad ma
Wellcome To Mazzakonepal
———
Date: 10/07/2009
By: kiratians
hmm,,,,?kaha bata start garne hola..hmmm......ahile samma maile kasaiko coments gareko chaina yesto situation ma hai ,......aruma ta kati coments ho kati hahahaha...dillagi gardai hasaudai ris uthaudai .....but seriously kabita ko kabita damiz chha.n best of luck for the futere to write more n more .................kabita ...kabita..................
———
Date: 10/07/2009
By: abhagi kabi
तिमी थियौ र म थिएँ मायाँ गरेउ र म जीएँ साथ दियौ र सँसार चिने एक्लै पारेउ आँशु पिएँ छाडि गयौ सम्झनाका खातहरु एकलै पारेउ भोग्दै छु घातहरु आलै छन् तिम्रो स्पर्सका टाटाहरु दुख्दैन थे उप्काइ दियौ बसेका खाटाहरु देखाउदै थियौ जीवनका बाटाहरु आखिरमा पल्टाइ दियौ अर्कै पाटाहरु किन देखाउनु उज्वल भविश्यका बाटाहरु, अभागी कबी
———
Date: 12/07/2009
By: tracker
ss
kasto ramro
keep writing ani k bhannu best of luck hai
———
Date: 10/07/2009
By: Miss,Kabita
जीवन चक्र पनि एउटा समय चक्र नै रहेछ। जसरी समय परिवर्तन भैरहन्छ त्यसरी नै जीवन पनि परिवर्तनशील हुदो रहेछ। समयको गतीसंगै जीवनमा कहिले मिलन कहिले विछोड, कहिले दुख-सुख,कहिले सफल-असफल,कहिले आशा-निराशा,कहिले माया कहिले घृणा,कहिले सपना-विपना,कहिले कल्पना-वास्तविकता,कहिले हासो खुसी आदि जस्ता समयले दिएका कथा-व्यथाका संम्बनधहरू उनिएका हुन्छन्।वास्तवमा जीवन एउटा समयको दाँस हो र यही समयको दासतामा मेरो जीवन यात्रा भैरहेको छ। त्यसैले आज म मेरो जीवनको वाँस्तविकतालाई उतार्ने प्रयस गरेको छु।
यसरी जीवन यात्रामा धेरै मित्रहरूसंग सम्बन्ध गासिन गयो। कतिपय सम्बन्ध मित्रतामा सीमित रह्यो भने कतिपय सम्बन्ध घनिष्टतामा बदलिन गयो। आज त्यँही घनिष्टताको पललाई भुल्न सकिरहेको छैन।ऊनकै निम्ति सधैं अनलाईनमा कुर्ने ग़र्थे,ऊसकैको लागी हाँस्ने अनि ऊसकैको खुशीको लागि सधै रमाउने गर्थे र अहिले पनि ऊसकैको लागी हाँसिरहेको छु। ऊसंग गरेका मीठा-मीठा कुराहरूले आज पनि मलाई सताउने गर्छ र ऊसले भनेका कुराहरू सम्झिदाँ आँज पनि ऊ मेरो साथमा नै होला जँस्तो लाग्छ तर यो केवल मेरो सपना मात्र रहेछ। ऊ त पराँईको भै सके र पनि ऊ म देखि धेरै टाढा भैसकेको रहेछ,अब त म ऊस्को मित्रताको स्थान बाट अनन्त भई सकेछु। वाँस्तवमा यो सवै समयको खेल भयो, कति चाडै समयसंगको परिवर्तनमा सफलता भऐछ मलाई थाहै भएन। तर म अझै पनि ऊ प्रतिको चाहनालाई परिवर्तन गर्न सकिरहेको छुईन, आज पनि म मा ऊ प्रतिको चाहनामा कुनै कमी भएको छैन र यसलाई कहिले पनि कमी हुनदिने छुईन। पाउनु गुमाउनु समयको फल हो,यसलाई सबैले स्वीकार्नुनै पर्दोरहेछ.......। ऊसको लागि सधैं यो मेरो मनको ढोका खुल्ला नै हुनेछ,चाहे ऊ जति सुकै टाढा भएर पराइ नै भए पनि स्वागत.......। हुन त ऊस्को खुशी नै मेरो खुशी हो, आज पनि म ऊसलाई पहिले जस्तै पवित्र भावनाले हेरिरहेको छु र म परिवर्तन भए पनि ऊ प्रतिको मेरो चाहनालाई कहिले पनि परिवर्तन गर्न सक्दीन, तर मेरो यो चाहना दृढ रहनेछ। जसरी हिजो को इतिहासले आज दिएको छ, आजको इतिहासले भोलि दिन्छ,अनि भोलिको इतिहासले के दिन्छ त्यो त एउटा केवल सुनौलो आशाका किरणहरू मात्र हुन् ।त्यसरी नै मेरो विगतले मलाई जे दिए पनि आज त्यही सुनौलो आशाको किरणहरू लिएर आफ्नो अन्धकार जीवनलाई प्रकाश दिने कोशिश गरिरहेको छु। बेदना र आंशुको भोगाइमा जीउनु त मेरो जीवनको एउटा अभिन्न अंग जस्तै भएको छ।तर मेरो जीवनको गन्तव्यहीन यात्रा भोलि के हुन्छ त्यो त मलाई पनि थाहा छैन तर आशा छ जे हुन्छ राम्रो नै हुने छ। हुन त मेरो लागि ऊ एउटा क्षीतीजमा रहेको परी जस्तै भएको छ, न त म कहिले छुन नै सक्छु, न त पुग्न नै सक्छु।
आज मलाई भन्न मन लाग्यो आकाशमा रहेका नौलाँख ताराहरू बिच नै मेरो एउटा तारा थियो। जीवनको अंधेरीमा केवल ऊ नै मेरो पूर्णिमाको जून थियो।जीवनलाई सजाउने ऊ नै मेरो सुन्दर संसार थियो, जिन्दगीमा सहारा दिने ऊ नै मेरो जिन्दगी थियो। दुखःसुखमा साथ दिने ऊ नै मेरो खुशी थियो, र मेरो हरेक पलपलमा साथ दिने ऊ नै मेरो सर्वेस्र्वा थियो।आज मैले आफ्नो मनभरि भएका ऊ प्रतिको चाहनालाई नियन्त्रण गर्न नसकि धेरै समयको अन्तरालपछि ओकलेको छु, सायद ऊसले मलाई भुलिसकेको भएता पनि आज ऊसलाई यो मेरो आत्मकथाबाट सम्झाउने प्रयास गरेको छु। ऊसैको खुशीमा म आफुलाई मौनतामा लुकाउंदै सधैं रमाउन चाहन्छु र मैले आजदेखि उनको लागी जीवनमा धेरै गर्नु पर्ने छ भन्दै यस आत्मकथालाई समाप्त गर्न चाहन्छु.....बाँकी अर्को भागमा लेख्ने प्रयास गर्ने छु
———
Date: 10/07/2009
By: lllllblackboylllll
HI SIS NAMASKAR , DAME CHA KOSESGARDAI GARNU 1 DIN SAFALTA PAUNE CHU SIS...............
THANKS.
ANISH
———
Date: 10/07/2009
By: Miss,Kabita
भुलेर मलाई जाऊ,तिम्रो खुसिको संसारमा,भन्छ मेरो आत्माले,अमुल्य आसुलाई पिउदै ,कुर्नेछु तिमीलाई मेरा निश्चल चाहनाले खुसी रहोस तिम्रा दिन हरु भनी रहेको छ मेरो पबित्र मायाले, हुने छैन टाडा तिमी देखि कैलेइ भनिरहन्छ मेरो मुटुको गहिरैले,तेसैलेत हाम्रो माया चोखो अनी पबित्र छ भन्छ यो स्वार्थी समाजले अभागी कबी ...................
धड़कन ले भन्छ,आफ्नो माया गर्ने आफुलाई बिस्वास ग़रोस,माया गर्ने मान्छे सधै आफु सग होस ,तर पनी माया गरे पछि बिछोड हुन्छ भन्ने मनमा लिनु पर्ने रहेछ,माया गरेको मान्छे टाडा भए पनी मायाको अनुभब चोखो हुन्थियो,पाउनु मात्र माया होइन रहेछ,गुमाउनु पनी त माया रहेछ, जहा बिछोड हुन्छ , तेही बाट माया सुरु हुदों रहेछ, अभागी कबी.......................
उराठ यो जिन्दगी मा बसन्त पो किन छायो,स्वग्र हुन्छ भन्थे जीवन उराठिलो पो भयो,माया के हो ,मिलन के हो बिछोड के हो?मलाई आज था भयो ,माया को अर्को नाम बिछोड त रहेछ,सुख अनी खुसी त छैन, मेरो नसीब मा ,मेरो हार नै भयो जिवनमा ,हासो अनी खुसी पनी गुमाए , अभागी कबी ..........
अल्झिएको जिन्दगी मेरो सुल्झाउन कहिले सकिन,अतितलाई पछाडी फर्केर हेर्छु कहाली लागेर आउछ,बर्तमान सग जुधन खोज्छु घाईते आफै हुन्छु,भबिस्य तिर निहाल्छू,चारै तिर अन्धकार भए जस्तो लाग्छ,हिड्दा हिड्दै सुस्ताउन छाहरी खोज्छु,तेहि छाहरिले पनी जिस्काएको झै लाग्छ,जिन्दगीको यात्रा धेरै लामो छ,कहिले तुन्गिने हो था छैन, अनी आकास तिर हेर्छु दूई हात फैलाई मुक्क्तिको भीख माग्छु,तेयो पनी मेरो नासिबमा हुदैन,अनायास आखा बाट आसू झर्छ,थाकेर भुइमा थचक्क बस्छु ,ति आसू हरु बलुवामा बिलायेर जान्छ अनी त आफ्नो अस्तित्व कहा कहा हराए जस्तो लाग्छ अभागी कबी
सजाएको थियेऊ सपना हामीले पूरा हुन सकेन,चाहेको थियेऊ सगै हुने सफल हुन सकेन,निस्ठुरी बनी पाइला मनमा घाऊ निको हुन सकेन चोखो मायालाई बुजेनाऊ तिमीले झुटो अभिनय गरी रहेउ,मैले साचो सम्जिये तिमीलाई आफु भन्दा बड़ी बि़स्वास गरे,तेयों मेरो कमजोरी थियो ,आज आफ्नो गल्तिको सजाये भोगी रहेको छू ,अभागी कबी.......
भन्छन सुकेको बगर ले पनी बर्खा याम मा पानी पाउछ रे,सुनेको थिए चोखो माया लगाए पछि अबस्य हुन्छ रे ,तर यो पापी संसारमा चीखो मायाको आज हार भयो ,कहिले मिलन नहुने गरी नदी को दुई किनारा भयो ,अभागी कबी ........
———
Date: 10/07/2009
By: कृष्ण प्रर्साई
त्यतिखेर,
सम्पूर्ण ताताहरू हराएका थिए ।
समस्त उज्यालाहरू बिलाएका थिए ।
र समग्र न्यानाहरू चोरिएका थिए ।
समान न्यानो बाँड्ने सुर्य समेत सेलाएको थियो ।
जसको उपस्थितिमा,
चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।
र त्यतिखेर केवल,
चिसोका साम्राज्यहरू पालेर
ताराहरु जाग्राम बसेका हुन्थे आकाशमा ।
र लगातार रुपमा एउटा जूनलाई काखी च्यापेर,
शीत छरिरहेका थिए !
चिसो झारिरहेका थिए !!
र तुसारो फ्याँकिरहेका थिए !!!
उचाइको घमण्डमा,
आफ्नो सत्ताको तुजुकमा-
आकाश त्यतिखेर मात्तिएको थियो ।
हुनसक्छ आकाश अहंकारले ग्रस्त थियो ।
कैयौं वसन्त झरे पनि
सधैं शरद फलाएर,
अनि हिमपात बर्साएर-
र सिरेटो र्छर्केर,
आकाश त्यतिखेर
हाम्रो अस्तित्व नै निल्ने दाउमा थियो ।
हामी तल धर्तीमा,
बाँच्ने अधिकारको स्पष्ट बहुमत ल्याउन नसकेका,
मान्छेहरू भने,
चिसिएर-
सेपिएर-
र कक्रिएर आक्रन्त हुँदै,
आकाशले चोरेका हाम्रा न्यानाहरू,
धर्तीमै फर्काउन भनेर,
आकाशको विरुद्धमा एकजुट भएर-
समूह भरिरहन्थ्यौं ।
सभा लगाइरहन्थ्यौं ।
र नारा घन्काइरहन्थ्यौं ।
खबरदार !
तिमी तातो चोर्ने आकाशहरू,
अब कसैगरी हामीसँग नजिस्क-
हामी मान्छे हौं र मान्छे हुनुको हाम्रो हकलाई-
समाप्त पार्ने षड्यन्त्रहरू पनि नपस्क ।
जुलुसमा उभिएका हामीहरू त्यसबेलासम्म पनि,
ताताकै खोजीमा हुन्थ्यौं-
र आकाशले हडपेका न्यानो पार्ने हाम्रा संयन्त्रहरू -
हामी फिर्ता लिने तरखरमा थियौं ।
हुँदा-हुँदा,
हाम्रो आवाजले थर्किएर-
हाम्रो भीडसँग डराएर-
केही सीप नचलेपछि
एक दिन,
आकाश एकाएक एउटा सम्झौतामा आयो ।
र उसले लुकाएका हाम्रा उज्यालाहरू,
हाम्रा लागि धर्तीमै फिर्ता दिने भयो ।
यसरी हाम्रा न्यानाहरू विनाशर्त आकाशले फिर्ता दियो ।
अहिले पनि हामी एक हूल मान्छेहरू छौं ।
जो धर्तीमा फ्याँकिएको त्यो उज्यालो तापेर बसेका छौं ।
कतै फेरि आकाशले उज्यालो नचोरोस् भनेर,
अहिले हामी,
उज्यालोको चौकीदारीमा छौं ।
किताब डाउनलोडको लागि कृपया यहाँ क्लिक गर्नुहोस् ।
यदि तपाईंको कम्प्यूटरमा पी.डी.एफ.सफ्टवेयर छैन भने त्यसको लागि यहाँ क्लिक गरी इन्स्टल गर्नुहोस् ।
MazzakoNepal © 2009 All rights reserved.